आइएमई लाइफ र ग्लोबल आइएमई बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता
प्रकाशित २०७५ भदौ १ शुक्रबार
472
Shares
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैंकका तर्फबाट कार्यकारी अधिकृत जनकशर्मा पौडेलले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंककागा्रहकहरुले ग्लोबल आइएमई बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ ।
आइएमई लाइफ इन्स्योरेन्सले हाल ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवाप्रदान गरिरहेको छ। साथै बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता सहितको आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । आइएमई लाइफइन्स्योरेन्सको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवनबीमामा पहुँच पुर्याई नेपालमा जीवनबीमा बिस्तार गर्नु रहेको छ ।