arrow

फोनमा बोल्दै सवारी चलाएपछि विवादमा तानिए सलाह

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
salah4.jpg

काठमाडौं । लिभरपुलले आफ्ना स्ट्राइकर मोहम्मद सलाहको विवादास्पद भिडियो सार्वजनिक भएपछि प्रहरीलाई सम्पर्क गरेको छ । सलाहले सवारी चलाइरहेको समयमा मोबाइलमा कुरा गरेको पाइएसँगै यस विषयमा छलफलका लागि क्लबले प्रहरीसँग सम्पर्क गरेको हो । 

प्रहरीले सलाह सम्बन्धित विभागको सडकछेउबाट मोबाइलमा कुरा गर्दै सवारी चलाउँदै गएको पुष्टि गरेको छ । प्रिमियर लिगको क्लबका प्रवक्ताले यस विषयमा आफूहरुले छलफल गरेपछि प्रहरीलाई खबर गर्ने निर्णय गरेको जानकारी दिए । 

यस विषयमा इजिप्टमा पनि आन्तरिक तथा अन्तर्राष्ट्रियरुपमा छलफल सुरु भएको अधिकारीहरुले बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक भएको एक भिडियोमा अघिल्लो सिजनमा लिभरपुलका लागि ४४ गोल गरेका सलाह फोनमा कुरा गर्दै कार चलाइरहेको देखिएका थिए । 

उक्त कारहरु उनका फ्यानहरु तथा बालबालिहरुले घेरिएको थियो । क्लबले उनलाई यस विषयमा आन्तरिक हिसाबमा पनि छलफलका लागि सुझाएको बताएको छ । यस विषयमा क्लब तथा सलाहले थप कुनै प्रतिक्रिया भने दिएका छैनन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ