-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुलले शानदार सुरुवात गरेको छ । सिटीले बलियो दावेदार आर्सनललाई २–० ले हरायो ।
डिफेन्डिङ च्याम्पियनलाई विजयी सुरुवात दिलाउन १४ औं मिनेटमा रहिम स्टर्लिङ र ६४ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेका थिए ।
अन्त्यतिर आर्सनलकै इमाइरेट्स मैदानमा भएको खेलमा सिर्जयो अगुएरोले वान–अन–वान मौका पाए पनि गोल गर्न सकेनन् ।
अर्को दावेदार क्लव लिभरपुलले पनि शानदार सुरुवात गरेको छ । लिभरपुलले घरेलु मैदानमा वेष्टह्याम युनाइटेडलाई ४–० ले हरायो ।
मोहम्मद सालेहले १९ औं मिनेटमै गोलको खाता खोलेको खेलमा सादियो मानेले २ तथा डानियल स्टुरिजले १ गोल गरे ।
लिगको अर्को खेलमा साउथ ह्याम्पटन र बर्नलीले गोलरहित बराबरी खेलेका छन् ।










