arrow

प्रिमियर लिगमा चेल्सीको गतिलो सुरुवात, को को भए विजयी

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
chelsea-hudders.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । पूर्व विजेता चेल्सीले हडर्सफिल्ड टाउनलाई उसकै मैदानमा ३–० ले हरायो । 

चेल्सीका लागि ३४ औं मिनेटमा एनगोलो काँटेले सुरुवाती गोल गरे । ४५ औं मिनेटमा योर्गिन्होले पेनाल्टीबाट दोस्रो गोल गरे भने ८० औं मिनेटमा पेड्रो रोड्रिग्वेजले तेस्रो गोल गरे । 

यो जितसंगै चेल्सीका नयाँ म्यानेजर माउरिजियो सार्रीले पनि विजयी यात्रा थालेका छन् । 

लिगका शनिबार रातिका अन्य खेलमा विजयी हुँदै टोटनह्याम हट्सपर, एएफसी बर्नमाउथ, क्रिष्टल प्यालेस र वाट्फोर्डले पनि सिजनमा विजयी सुरुवात गरेका छन् । 

टोटनह्यामले न्युकासल युनाइटेडलाई २–१ ले, बर्नमाउथले कार्डिफ सिटीलाई २–० ले, क्रिृस्टल प्यालेसले फुल्हमलाई २–० ले र वाट्फोर्डले ब्राइटनलाई २–० ले हरायो । 

एभर्टन र वुल्भरह्याम्पटनले भने २–२ को बराबरी खेले । 

यसअघि उद्घाटन खेलमा म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएर विजयी सुरुवात गरेको थियो । 

 

Chelsea players celebrated their opening goal after N'Golo Kante snuck to the back post and volleyed in from close range

Huddersfield's Steve Mounie almost got them back on level terms but his header struck the inside the post and came out

Jorginho stepped up and nonchalantly dispatched the spot kick with real ease to double Chelsea's advantage

Pedro put the game out of sight after combining with substitute Eden Hazard to score Chelsea's third and wrap up the pointsChristopher Schindler (L) and Mathias  Jorgensen (R) set the tone as they double up on Chelsea striker Alvaro Morata



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ