एसियाडका लागि सेभ दि मिसन विष्ट इन्डोनेसिया प्रस्थान
प्रकाशित २०७५ साउन २२ मंगलबार
221
Shares
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेका छन् । सदस्य–सचिव विष्ट एसियाडमा सहभागी हुने नेपाली टोलीको सेभ दि मिसन रहेका छन् ।
मंगलबार जकार्तामा हुने सेभ दि मिसनको बैठकमा सहभागी हुन सदस्य–सचिव विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् । सदस्य–सचिव विष्टसंगै नेपाल ओलम्पिक कमिटीका सुजनलाल श्रेष्ठ पनि इन्डोनेसिया प्रस्थान गरेका छन् ।
भदौ २ गतेदेखि सुरु हुने एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ ।