arrow

नेपाललाई नेदरल्यान्ड्ससँग हिसाब बराबरी गर्ने मौका 

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
nepal-crickete.JPG

काठमाडौं । पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार नेदरल्यान्ड्ससंग खेल्दैछ । खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।

यअसघि गत बुधबार भएको पहिलो खेलमा नेपालले सहज जितको बाटोलाई पनि अलपत्र पारेको थियो । निरन्तरको विकेट पतन नै हारको कारण बन्यो । कप्तान पारस खड्काले पनि त्यही विष्लेषण गरे । ८९ रन बनाउँदासम्म १ विकेटमा रहेको नेपालले त्यसपछिका ९ विकेट केवल ४५ रन जोड्नका लागि गुमाएको थियो । 

उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रन बनाए बाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । बलिङ भने नेपालले राम्रो गरेको हो । कप्तान पारसले ४ तथा सोमपाल कामीले ३ विकेट लिएका थिए । यो लयलाई दोहोर्याउँदै ब्याटिङमा सुधार गर्ने हो भने नेपालको जित कसैले रोक्न सक्दैन । 

तर खेल जितेर हिसाब किताब बराबरी गर्न नेपाललाई नेदरल्यान्ड्सकै भूमिमा कठिन छ । किनकि अनुभव नेदरल्यान्ड्सकै पक्षमा छ । 

खेलाडी समीकरण–
नेपाललाई जित आवश्यक भए पनि दुई पाका खेलाडीहरु शुक्रबार खेल्ने सम्भावना नरहेपछि टिम समस्यामा छ । शक्ति गौचनले यो खेलमा उपस्थिति जनाउन पाउने छैनन् भने चोटका कारण शरद भेषावकर पनि खेल्ने सम्भावना छैन । 

शक्तिले यो प्रतियोगितालाई नै करियरको अन्तिम बनाएका छन् । उनले यसअघि नै सन्यासको घोषणा गरेका थिए । 

नेपालको ब्याटिङमा कमजोरी देखिएको अवस्थामा मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल र ओपनर सुवास खकुरेल आउने सम्भावना देखिन्छ । तर लामो समयपछि पहिलो पटक ज्ञानेन्द्र र अनिलकुमार शाहबीच ५८ रनको उत्कृष्ट साझेदारीभएको थियो पहिलो खेलमा । तसर्थ यस्तोमा सुवास खकुरेलको इन्ट्री हुनेमा आशंका छ । तर ब्याटिङ सशक्त बनाउन उनको विकल्प पनि छैन । 

यो खेलमा जित हासिल गरे नेपाल एक दिवसीयको र्यांकिङमा पर्नेछ । त्यसका लागि जोड लगाएर शुक्रबारलाई गुड फ्राइडे बनाउनु पर्नेछ । 

बुधबार १ विकेट मात्र लिएका सन्दीप लामिछानेमाथि नै नेदरल्यान्ड्सको ध्यान रहने छ । उनले चमत्कार गरिदिने हो भने नेपालको जित कसैले रोक्न सक्दैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ