अन्तर्राष्ट्रिय एकदिवसीयको डेब्यू खेलमै ज्ञानेन्द्रको अर्धसतक, लगत्तै अाउट
प्रकाशित २०७५ साउन १६ बुधबार
569
Shares
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका उपकप्ता ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय एक दिवसीयको डेब्यू खेलमै अर्धसतक बनाएका छन् ।
ओपनर मल्लले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले अन्तर्राष्ट्रिय मान्यता दिएको डेब्यू खेलमै अर्धसतक बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् । उनले ५७ वल खर्चिँदा अर्धसतक पूरा गरेका हुन् । ८ चौकाको मद्दतमा उनले ५० रन बनाए । उनीसँग अनिल साहले ५८ रनको साझेदारी गरेका थिए । अनिल २१ रनमा आउट भए ।
ज्ञानेन्द्र अर्धसतक बनाईसकेपछि अाउट भए । उनले ६१ बलमा ५१ रन बनाए । उनी रिपनकाे एलबीडब्लू धरापमा परे । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा रनको पहिलो खाता खोल्ने भाग्यमानी पनि उनै हुन्, ज्ञानेन्द्र ।
उनले पहिलो बलमै ३ रन जोडेका थिए । २७ वर्षीय ज्ञानेन्द्र नेपालका भरपर्दा व्याट्सम्यान हुन् । उनले २०१४ मा हङकङविरुद्ध भएको टि–ट्वेन्टीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
उनले त्यो खेलमा ४१ बलमा ४८ रन बनाए । एक छक्का, ४ चौका प्रहार गरेका थिए, उनले । दायाँ हाते व्याट्सम्यान ज्ञानेन्द्रले लिस्ट ए मा ९ सय रन बनाएका छन् । उनले टि–ट्वेन्टी अन्तर्राष्ट्रियमा एक सय ६३ रन बनाएका छन् ।