arrow

विना विकेटको क्षतिमा नेपालको अर्धसतक, ६० पुग्नै लाग्दा विकेट खस्यो

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
nepali_team.jpg

काठमाडौं । नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा विना विकेटको क्षतिमा अर्धसतक बनाएको छ । ज्ञानेन्द्र र अनिल साहले ५८ रनको साझेदारी गरे ।

अर्धसतक बनाईसकेपछि भने नेपालको एक विकेट गयो । १२ ओभर ३ बलमा ५८ रन बनाउँदा अनिल आउट भए । त्यो अवस्थामा ज्ञानेन्द्रले ३६ रन बनाउँदा अनिलले २१ रन बनाए । अनिल २१ रनमा क्याचआउट भए ।  

अन्तर्राष्ट्रिय एक दिवसीयको डेब्यूमा विना विकेटको क्षतिमा अर्थसतक पार गरेको हो । नेपालको खाता ओपनर ज्ञानेन्द्र मल्लले खोले । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाललाई एकदिवसीयको मान्यता दिएपछि डेब्यू खेल नेदरल्याण्ड्सको एम्सटर्डममा खेलेको हो ।

घरेलु टोलीले टस जितेर व्याटिङ रोज्दा नेपालले पहिले  बलिङ गरेको थियो । नेपालले नेदरल्याण्ड्सलाई ४७ ओभर ४ बलमा अलाउट गर्दै एक सय ८९ रनमा समेट्यो । नेपालले एक सय ९० रनको चुनौती पछ्याईरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ