काठमाडौं । च्याम्पियन्स लिग छनोट फुटबलमा आयाक्स र सेल्टिक विजयी भएका छन् । नेदरल्यान्डसको आयाक्सले अष्ट्रियाको क्लव स्टर्म ग्राजलाई २–० ले पराजित गरेको छ । बुधबार राति भएको खेलमा आयाक्सका लागि हाकिम जियेच र लासी सियोनले गोल गरे ।
त्यसैगरी स्कटल्याण्डको क्लव सेल्टिकले नर्वेको क्लवलाई ३–१ ले हरायो । सेल्टिकलाई जिताउनका लागि अड्सन एडोवार्डले २ तथा ओलिभर निचमले १ गोल गरे ।
अन्य खेलमा स्पार्टाक टार्नाभाले लेजिया वार्जावालाई २–० ले हरायो । तर बुधबार रातिका तीन खेल बराबरीमा सकिए ।
बाते बोरिसोभले एचजेकेसंग, कुकेसीले काराबागसंग तथा लुडोगोरेट्स रज्ग्राडले भिडिसंग गोल रहित बराबरी खेल्यो ।