arrow

त्रिकोणात्मक टी–ट्वेन्टी र पहिलो एक दिवसीय खेल्ने नेपाली टोली घोषणा 

logo
प्रकाशित २०७५ साउन १ मंगलबार
nepali-team-new-p.jpg.jpeg

काठमाडौं । इङ्गल्याण्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज र नेदरल्याण्ड्ससँगको पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । पारस खड्काको कप्तानीमा मंगलबार ४ वैकल्पिकसहित १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधि अमिनुल ईस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छनोट गरेको अन्तिम टोलीमा दुई वर्षपछि सुवास खकुरेलले पुनरागमन गरेका छन् ।

नेपाली टोलीमा ओपनर तथा विकेट किपरको खाँचो भईरहेका बेला खकुरेलको पुनरागमन भएको हो । 
१५ सदस्यीय टोलीमा सुवास र कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, अनिलकुमार साह, बसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी,

रोहितकुमार पौडेल, सोमपाल कामी, मोहम्मद आरिफ शेख र सन्दीप लामिछाने छन् । चार खेलाडी सुनील धमला, सुसन भारी, विनोद भण्डारी र प्रदीप ऐरी रिजर्भका रुपमा रहेका छन् । नेपालले विश्वकै पुरानो क्लव मेरेलीबोन क्रिकेट क्लब एमसीसीसंग एउटा खेल खेल्नेछ । 

नेपाल, नेदरल्याण्ड्स र मेरिलेबोन क्रिकेट क्लब एमसीसीबीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ । एकदिने त्रिकोणात्मक खेल अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ । त्यसपछि नेपालले नेदरल्याण्ड्ससँग एक दिवसीय क्रिकेट पनि खेल्नेछ । 

त्रिकोणात्मक खेलमा एमसीसीको कप्तानी श्रीलंकाका पूर्व कप्तान महेला जयवर्धनेले गर्ने छन् । यस्तै, स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसीसीबाट खेल्ने बताईएको छ ।
यो त्रिकोणात्मक खेलका लागि लर्ड्सले टिकट बेच्न सुरु गरिसकेको छ । यो खेलको लागि वयस्कहरुको लागि १७ पाउण्ड टिकट मूल्य राखिएको छ । यस्तै बालबालिकाको लागि ५ पाउण्डको टिकट राखिएको छ । टिकट लर्ड्सको वेबसाइडबाट किन्न सकिने भनिएको छ । 

नेपालले सन् २०१५ पछि पहिलोपटक टी–ट्वेन्टी खेल्न लागेको हो ।  नेपालले सन् २०१५ को जुलाईमा टी–ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गएको फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी–ट्वेन्टी खेल्ने मौका पाएको हो ।

यस्तै, नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको डेब्यु खेल भने नेदरल्याण्डसँग खेल्दैछ । नेपालले अगस्ट १ र ३ मा नेदरल्याण्डसँग एम्स्ट्राडममा दुई एकदिवसीय खेल खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ