arrow

प्रदेश २ का मुख्यमन्त्री राउतलाई मातृशोक

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
cm_raut.jpg

महेन्द्रनगर, धनुषा। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ। आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतको ७० वर्षे आमा राधिका देवीको निधन भएको छ। सामान्य ज्वरो आएपछि उपचारका लागि तीन दिनअघि सिमावर्ती भारतीय शहर रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरिएको उनको उपचारका क्रममा निधन भएको मुख्यमन्त्री राउतको पारिवारिक स्रोतले जनाएको छ।

उनलाई अन्तिम संस्कारका लागि आजै पैतृक गाउँ पर्साको जगन्नाथपुर लाने र भोलि बिहान ९ बजे मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जनाएका छन्।

मृतक राउतका दुई छोरा र दुई छोरी छन्। जेठो छोरा लालबाबु राउत प्रदेश नं २ का मुख्यमन्त्री छन् भने कान्छो छोरा रामबाबु राउत कृषक छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ