नेविसंघमा भाँडभैलो, सरकारी निर्णयको विरोधमा पनि गुट–गुटका भेला
प्रकाशित २०७५ असार २५ सोमबार
330
Shares
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघमा भाँडभैलो देखिएको छ । सरकारले गरेका निर्णयको विरोध गर्ने सन्दर्भमा समेत नेविसंघ गुटमा विभाजन भएको छ।
पार्टी सभापति शेरबहादुर देउवा निकट नेविसंघ अध्यक्ष नैनसिंह महर समूहले सोमबार माईतीघर मण्डलामा निषेधाज्ञा लगायतका सरकारी निर्णयको विरोधमा प्रदर्शनको कार्यक्रम राखेको छ ।
तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह निकट महामन्त्री कुन्दन काफ्ले समूहले अध्यक्ष महरको कार्यक्रमलाई असहयोग गर्न भन्दै वाल्मिकिमा भेला बोलाएको छ ।
केही दिन अघि पौडेल र सिटौला निकटहरुले गरेको निषेधाज्ञा तोड्ने कार्यक्रममा महर समूह उपस्थित भएन । यसले नेविसंघभित्र भाँडभैलो भएको प्रष्ट भएको छ ।