सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : भीमसेनदास प्रधान
प्रकाशित २०७५ असार २३ शनिबार
252
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताएका छन ।
शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नं ६ तोर्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन गरेर अघि बढिरहेको आरोप लगाए ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद प्रधानले भने, “सरकारले सबैलाई मिलाएर लैजानुपर्छ, पूर्वाग्रही बनेर गए त्यसले द्वन्द्व निम्त्याउँछ, त्यसैले मिलेर अघि बढौं ”।
उनले लोकतन्त्र बलियो बनाए मात्र सरकार बलियो हुने भएकोले व्यक्तिगत स्वार्थमा त्यो सम्भव नहुने भन्दै गंगामाया अधिकारी र डा गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरे।