प्रम ओलीको ट्विट - 'संसारका सबै देशमा जहाँ सुकै प्रदर्शन हुँदैनन्'
प्रकाशित २०७५ असार २२ शुक्रबार
173
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारका सबै देशमा जहाँसुकै स्थानमा प्रदर्शन नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै आफूहरु आलोचना सुनेर बेथितिको अन्त्य गर्ने पनि स्पष्ट गरेका हुन् । सरकारले विरोध प्रदर्शनका लागि स्थान निश्चित गरेको विषयमा आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको उक्त धारणा आएको हो ।
“हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीन वर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो आज उहाँहरू अहिले अधिनायकवाद बेचिरहनु भएको छ,” प्रधानमन्त्री ओलीले भनेका छन् , “हामी आलोचना सुन्छौँ र देशमा बेथिति अन्त्य गर्छौ । संसारका सबै देशमा जहाँ सुकै प्रदर्शन हुँदैनन् ।”