नेविसंघ स्याङजा काठमाडौं सम्पर्क समितिमा दीपेन्द्र क्षेत्री
प्रकाशित २०७५ असार ३ आइतबार
491
Shares
काठमाडौं। नेपाल विद्यार्थी संघको स्याड्जा–काठमाडौं सम्पर्क समितिको प्रथम अधिवेशनले दीपेन्द्र क्षेत्रीको नेतृत्वमा ५१ सदस्यीय कार्य समिति गठन गरेको छ।
शनिवार सम्पन्न अधिवेशनले क्षेत्री सहितको कार्यसमिति चयन गरेको हो।
पेसाले इन्जिनियर रहेका क्षेत्रीले नेविसंघलाई एकीकृत र सशक्त ढंगले अघि बढाउन आफ्नो कार्यकालमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
अधिवेशनमा पूर्वमन्त्री गोपालमान श्रेष्ठले विद्यार्थीहरुलाई वर्तमान सरकारका गलत क्रियाकलापविरुद्ध प्रतिवाद गर्न सुझाव दिएका थिए। कार्यक्रममा केन्द्रीय सदस्य धनराज गुरुङ, कांग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनी, पूर्वसांसद मोहनप्रसाद पाण्डे लगायतले धारणा राखेका थिए।
नेविसंघ केन्द्रीय अध्यक्ष नैनसिंह महर, महामन्त्रीत्रय कुन्दनराज काफ्ले, सरोज थापा र आनन्द त्रिपाठीले सरकारको मूल्यवृद्धिका विरुद्धमा नेविसंघले आन्दोलन थप सशक्त बनाउने बताए।