नेविसंघ अर्घाखाँचीको राके जुलसमा प्रहरी हस्तक्षेप, प्रशासन घेराउ गर्ने कांग्रेसको चेतावनी (भिडियो)
घनश्याम पौडेल,
प्रकाशित २०७५ जेठ २६ शनिबार
646
Shares
अर्घाखाँची। नेपाल विद्यार्थी संघ अर्घाखाँचीले पाणिनी बहुमुखी क्याम्पसदेखि शान्तीवगैँचासम्म शान्तीपूर्ण राँके जुलुस गरेको छ । राँके जुलुसमा पाणिनी चोकदेखी शान्ती बगैँचासम्म प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीको हस्तक्षेप विरुद्ध नेविसंघले नाराजुलुस समेत गरेको छ।
राँके जुलुस पछी कोणसभामा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कानले नेविसंघको शान्तीपुर्ण आन्दोलनमा प्रहरीको दमन रोक्न आग्रह गरे। उनले गरिव दुखी जनतालाई सरकारले मंहगी बढाएर अत्याचार गरेको भन्दै मुस्कानले शान्तीपूर्ण आन्दोलनमा प्रहरीको दमन अतिवादी भएको भन्दै दशौं हजार कार्यकर्ता ल्याएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने चेतावनी दिए।
नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष युवराज पाण्डेले ओली सरकारले जनतालाई मंहगीको चपेटामा पारेकोले नेविसंघले आन्दोलन सुरु गरेको बताए।