ग्राण्डीमा उपचार गराइरहेका प्रहरी इन्स्पेक्टर खनालको मृत्यु
प्रकाशित २०७५ जेठ २५ शुक्रबार
266
Shares
रुपन्देही । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलमा कार्यरत प्रहरी नायब निरीक्षक पोमनारायण खनालको शुक्रवार निधन भएको छ ।
यही जेठ २० गते बुटवलमा भएको दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
दुर्घटनापछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा प्रारम्भिक उपचार भएको र थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको थियो । आफैँले चलाएको स्कारपियो गाडी बसमा ठोक्किँएर दुर्घटना भएको थियो । रासस