क्याम्पस सुधारको माग गर्दै पाणिनी क्याम्पसमा ज्ञापनपत्र
प्रकाशित २०७५ जेठ २३ बुधबार
470
Shares
सन्धिखर्क । स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसले २१ बुँदे क्याम्पस सुधारको माग गर्दै क्यापसलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार क्याम्पसका प्रध्यापकहरुलाई जानकारी गराउँदै क्याम्पसमा अध्यापन गराउँने दोहोरो सुविधा लिएका प्रध्यापकको छानविन गरी कार्वाही, क्याम्पस समयमा क्याम्पसमा प्रध्यापकहरु रहन माग, विद्यार्थीको बढी लिएको शुल्क फिर्ता, प्रत्येक विद्यार्थीलाई ३–३ वटा पुस्तकको व्यवस्था, क्याम्पसलाई सफा सुग्गर, कम्युटरको उचित व्यवस्थापन, इ हाजिरीको व्यवस्था, क्याम्पसका हरेक खर्चहरु पारदर्शी बनाई स्ववियुलाई जानकारी गराउँने, प्रशासन, लेखा र पुस्तकालय ८ बजे खोल्ने गरी कार्यान्वयन गर्नुपर्ने लगाएत २१ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलले जानकारी दिए ।
कार्यक्रम स्ववियु सभापति लक्ष्मण खड्काको अध्यक्षता, उपाध्यक्ष श्रृजन भुसालको स्वागत, सचिव वर्जना खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहसचिव कुलराज बन्जाडेले पनि मन्तव्य राखे ।
ज्ञापन पत्र बुझदै प्रध्यापक बुद्धि भुसालले स्ववियुको ज्ञापन पत्र क्याम्पस प्रमुखलाई जानकारी गराउँने बताउँदै विद्यार्थीका माग क्याम्पसले पुरा गर्ने बताए ।