सेती नदीमा यसरी बज्रियो बन्दै गरेको झोलुङ्गे पुल, ३ जना घाइते
काठमाडौँको ठेकेदार कम्पनीले बनाइरहेको पुल नै खस्यो ?
गणेश माैनी,
प्रकाशित २०७५ जेठ २२ मंगलबार
445
Shares
दिपायल । डोटीको शिखर नगरपालिका १ र दिपायल सिलगढी नगरपालिका ३ जोड्ने गेरुपानी स्थित निर्माणाधिन झोलुङ्गे सेती नदीमा बज्रिएको छ । पुल भत्किदा त्यही काम गरिरहेका ३ जना घाइते भएका छन ।
सुनसरी गडि गाउपालिका २ वर्षीय दिलिप कुमार यादव, सोही ठाउँका २० वर्षीय युवराज चौधरी र २२ वर्षीय सुकेत ऋषिदेव घाइते भएका हुन् ।
घाइते मध्ये युवराज चौधरीलाई बढी चोट लागेको छ । उनलाइ नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले बताए । पुलको टावर ठड्याईसकेर स्टिल डेग कस्ने काम पनि अन्तिम चरणमा पुगेको थियो ।
‘काममा व्यस्त थियौँ, एक्कासी पुल भत्किदा दुई जना पानिमा पर्यौँ, एक जना किनारमा परेर बढी चोट लाग्यो’, घाइतेले घटना पछि भने ।
घाइते दुई जनाको दिपायल स्थित शैलेश्वरीमा उपचार भइरहेको छ । झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको भएपनि पुलका केवलहरु पुरा मात्रामा नकसिएका कारण सन्तुलन नमिलेर पुल भाँचिएको प्रहरी इन्चार्ज कुँवरले बताए । पुलको ठेक्का काठमाडौँको खम्वाचो सविना निर्माण सेवाले लिएको छ । पुलको स्ट्याण्ड टन भाचिदा दुइ वटै टावर भाचिएर नदिमा परेका छन् ।