arrow

प्रदेश सरकारको सय दिन : सिमित साधनमा अभुतपुर्व काम गरेको दाबी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ १४ सोमबार
sarkhar.jpg

बुटवल । प्रदेश ५ सरकारले आफ्नो १०० दिनमा अभुतपुर्व काम गरेको दाबी गरेको छ । सरकार गठनको १०० दिनपुगेको अवसरमा सोमवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ५ नम्बर प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलले सिमीत साधन र श्रोतकाबिच सरकारले अभुतपुर्व काम गरेको दाबी गरे ।

उनले गेष्टहाउसमा बसेर सपथ लिएका मन्त्रीहरुले गरेको र्काहरुलाई अभुतपुर्व भन्नु पर्ने भन्दै प्रदेश सरकारले आफ्नो गन्तब्य कोरि सकेको बताए ।उनले चालु वर्षलाई आवधिक वर्ष मानेर काम गरेको जानकारी दिंदै आगामी वर्ष योजनाको वर्ष हुने स्पष्ट पारे ।

जिल्ला स्तरिय कार्यालयहरु खरेज हुने बिषयमा केन्द्र सरकारसंग कुरा भै रहेको बताउंदै मुख्यमन्त्री पोखरेलले खारेजीमा पर्ने कार्यालयहरुलाई प्रदेशका ईकाई कार्यालयमा रुपान्तरित गर्न केन्द्रलाई मनाउने प्रयास भएको जानकारी दिए । उनले प्रदेश सरकारलाई ३ हजार जनशक्ति आवश्यक रहेको बताउदै पाबिधीक जनशक्ति नभएका कारण कतिपय काम अगाडी बढाउन कठिनाई भएको स्पष्ट पारे ।

पत्रकारहरुको प्रश्नको जवाफ र्दिदै उनले पर्यटन प्रवद्र्धन जस्ता कामहरु केन्द्रसरकारले गर्ने हो भने संघियताको अर्थ नरहने बताउंदै संघियतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने बताए ।

प्रदेशको नामाकरण गर्न गारो नभएपनि प्रदेशको स्थायी केन्द्र तोक्ने बिषयमा सहमती गराउन कठीन भएका कारण प्रदेशको नाम र केन्द्र तोक्ने काम हुन नसकेको मुख्यमन्त्री पोखरेलको भनाई छ । आगामी वर्ष सम्ममा स्थायी केन्द्र र प्रदेशको नामाकरणहुने उनले बताए ।

पत्रकार सम्मेलनमा प्रदेश सरकारले गरेको ४७ बुदे कामको बिवरण प्रेस बिज्ञप्ती मार्फत बितरण गरिएको थियो । सरकारले बितरण गरेको बिवरणमा अधिकांस कामहरु संभाब्यता अध्ययनमा सिमीत छन् भने ११ वटा कानुनको मस्यौदा गरेकोमा ४ वटा कानुन बनाइ प्रदेशसभाबाट अनुमोदन गराउने काम सम्पन्न गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ