arrow

केपी ओलीको केन्द्रीय सरकार विरुद्ध शंकर पोखरेलको प्रदेश ५को सरकार, के भयो निर्णय?

logo
आचार्य प्रदीप
प्रकाशित २०७५ जेठ १३ आइतबार
kp-oli1.JPG

बुटवल। नेपालको केन्द्रीय सरकारले गरेको निर्णयलाई प्रदेश सरकारहरुले चुनौती दिने क्रम देखिएको छ। जनताका बीचमा पुग्दा कतिपय चित्तबुझ्दो निर्णय नभएपछि त्यसलाई प्रदेश सरकारहरुले फेरवदल गर्न थालेका छन्। प्रदेश भित्रको चासो चाडवाँडको विषयमा मात्र हैन राष्ट्रिय महत्वका विषयमा पनि प्रदेश सरकारले केन्द्रीय सरकारले भन्दा फरक कदम चालेको उनीहरुका निर्णयबाट देखिन थालेका छन्। 

गणतन्त्र दिवस राष्ट्रिय चाडको रुपमा यसअघीका सरकारहरुले मनाउँदै आएपनि विदा कटौती गरेको केन्द्रीय सरकारको निर्णय विरुद्ध प्रदेश ५ को सरकार उभिएको छ। यस अर्थमा केपी ओली विरुद्ध उनकै दलका मुख्यमन्त्री शंकर पोखरेल उभिएका छन्। केपी ओलीले राष्ट्रिय महत्वबाट हटाएको गणतन्त्रलाई पोखरेलले प्रदेशमा भने महत्व दिलाएका छन्। 

संघीय सरकारका प्रधानमन्त्रीले गणतन्त्र दिबसमा सार्बजनिक बिदा काटेपछि आलोचना भैरहेका बेला प्रदेश ५ सरकारका प्रमुख शंकर पोखरेलले भने गणतन्त्र दिबसमा सार्वजनिक बिदा दिने निर्णय गराएका छन्।

सरकारले प्रदेश अन्तर्गत रहेका १२ जिल्लामा जेठ १५ गते मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरि सरकारले ३ दिन कार्यक्रम गर्ने जनाएको छ।

जेठ १४, १५ र १६ साँझ सरकारी कार्यालय संघसंस्था तथा निबासमा दिपावली गरिने मन्त्रीस्तरिय निर्णय भएको मन्त्रालयका सचिब प्रेम भट्टराईले बताए ।

‘प्रदेश सरकारको अधिकार भित्र रहेर सार्बजनिक बिदा दिने निर्णय भएको हो,यस्लाइ ब्यापक प्रचार प्रसार गरिदिनुहोला’ उनले भने ।

दिबस मनाउन मुख्यमन्त्री शंकर पोखरेलेको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति गठन गरिएको छ। १४ गते मर्चबारमा स्वास्थ्य शिबिर,१५ गते बुटवलको बसपार्कबाट गणतन्त्र पार्कसम्म (बुटवल मण्डप) प्रभातफेरि गरि मुख्य मन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै १६ गते प्रहरी तालिम केन्द्रमा मुख्य मन्त्री ११ र प्रमुख सचिब ११ का बिचमा मैत्रीपूर्ण भलिवल गरिने छ। १६ गते नै लुम्बिनी परिसरमा बृक्षारोपण, दोभान पाल्पाको चुनुपार्कमा बहुउपयोगी जातका बिरुवा रोपिने छ ।

जेठ १५ गते बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाले दीपावली गर्ने, सरसफाइ, रक्तदान, कारागारमा फलफूल बितरण लगायतका कार्यक्रम गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ