आइपिएलको दोस्रो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै, कसको पल्ला भारी ?
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
169
Shares
काठमाडौं । भारतमा भइरहेको आइपिएल क्रिकेटको दोस्रो क्वालिफायर खेलमा शुक्रबार बेलुकी कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । कोलकातामा बेलुकी ७ः१५ देखि सुरु हुने खेलमा कोलकातालाई घरेलु मैदानको फाइदा उठाउन सजिलो छ ।
त्यतिमात्र होइन कोलकाताको उक्त इडेन गार्डेन मैदानमा हैदराबादले ६ खेलमध्ये १ खेलमात्र जितेको छ । यो आँकडाले कोलकातालाई फाइदा पुग्नेछ । दुवै टिमबीच अहिलेसम्म १४ खेल भएका छन् भने ९ खेलमा कोलकाता विजयी भएको छ । हैदराबाद केवल ५ खेलमा मात्र विजयी भएको छ ।
शुक्रबारको खेलमा विजयी भए कोलकाता तेस्रो पटक आइपिएलको फाइनलमा पुग्नेछ । यता यो खेलमा विजयी भए हैदराबाद दोस्रो पटक फाइनलमा पुग्नेछ ।
लिगको शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको भए पनि हैदराबादले पहिलो क्वालिफायरमा चेन्नई सुपर किङ्ससंग पराजय बेहोरेको थियो ।
कोलकाताले इलिमिनेटर खेलमा राजस्थान रोयल्ससंग हार बेहोरेको थियो ।
इतिहासलाई केलाउँदा हैदराबाद कोलकाताभन्दा कमजोर छ ।
जारी सिजनमा पनि पछिल्ला ५ मध्ये ४ खेलमा हैदराबाद हार्दा कोलकाता ५ मध्ये ४ खेल जितेको छ ।
फर्ममा रहेको कोलकाता र फर्म गुमाएको हैदराबाद बीचको खेलमा कुन टिमलाई होला त ‘गुड फ्राइडे’ ?