arrow

यो विश्वकपमा नोयरको भूमिका के होला ? के गर्ला जर्मनीले ? 

logo
प्रकाशित २०७५ जेठ ८ मंगलबार
noyer.jpg

काठमाडौं । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप प्रतियोगितामा आफूलाई एक महत्वपूर्ण आधुनिक गोलकिपरको पहिचान छाड्न सफल खेलाडी हुन् – म्यानुअल नोयर । सन् २०१४ मा उनले महत्वपूर्ण प्रदर्शनको कारण जर्मनी विश्व विजेता बन्न सफल भएको थियो तर यस पटकको विश्वकपमा भने नोयरको विषयमा केही आशंकाहरु देखिएका छन् । 

सन् २०१७ को सेप्टेम्बरदेखि नोयरले कुनै पनि खेलहरुमा सहभागिता जनाएका छैनन् । उनले अन्तिमपटक सन् २०१६ को नोभेम्बर महिनामा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए । अहिले भने नोयर रुसमा हुन गइरहेको विश्वकपको लागि फिट रहने तयारीमा अघि बढिरहेका छन् । 

सन् २०१० मा पनि जर्मन गोलकिपरले धेरै मानिसहरुको ध्यान आकर्षण गरेका थिए । उनले एडिडास गोल्डेन ग्लोब्स पनि आफ्नो नाममा गरिसकेका छन् । यस्तोमा यसपटकको विश्वकप भने उनका लागि सोचेको जस्तो सजिलो पक्कै पनि छैन । उनी पछिल्लो एक वर्षभन्दा लामो समययता विभिन्न चोटहरुको सामना गर्दै आइरहेको छन् । 

उनले पछिल्लो एक वर्षको अवधिमा दुईपटक आफ्नो खुट्टामा फ्याक्टरको सामना गरिसकेका छन् । यस्तो अवस्थामा उनलाई आफ्नो खेलमा शतप्रतिशत नतिजा दिनु एक चुनौती हुनेछ । गएको मार्च महिनामा नोयरले अहिले आफ्नो खुट्टा सही रहेको भन्दै आफू मैदानमा उत्रिनको लागि तयार रहेको बताएका थिए । उनले अन्यथा आफ्नो करियर धरापमा पर्नसकने पनि स्वीकार गरेका थिए । 

त्यसको एक महिनापछि आफ्नो स्वास्थ्यको विषयमा बोल्दै नोयरले भनेका थिए, “अझै पनि उल्लख्य प्रश्नहरु तेर्सिएका छन् । मलाई आफूलाई सन्तुष्ट हुने किसिमको प्रदर्शन गर्नुछ र आफैंप्रति इमान्दार भएर खेल्नु छ ।” उनले लामो समयपछि मैदानमा उत्रिँदा आफूले पुरानो प्रदर्शन दोहोर्याउन सक्ने वा नसक्नेमा धेरैको आशंका रहेको बताए । 

यसअघि उनको यो विश्वकपमा खेल्ने विषयमा नै आशंका देखिएको भए पनि अहिले उनी जर्मनीको प्रशिक्षणमा फर्किएका छन् । ३२ वर्षीय खेलाडी यो प्रतियोगिताको लागि फिट नरहेको भन्दै एक किसिमको आशंका फैलिएको अवस्थामा उनी टोलीमा अटाएका हुन् । अझै पनि उनको विश्वकपमा उनको सहभागिताको विषयमा भने स्पष्ट भइसकेको छ । 

जर्मनीको प्रारम्भिक टोलीमा नोयरसहित चारजना गोलकिपरहरु अटाएका छन् । विश्वकपका लागि केवल तीनजना गोलकिपर लैजाने जर्मनीका प्रशिक्षकले बताइसकेका छन् । जर्मनीको लागि अहिले दोस्रो  नम्बरका गोलकिपरले पनि निकै राम्रो प्रदर्शन गरिरहेका छन् । यस्तोमा प्रशिक्षकले मैदानमा उत्रिने समयमा भने आश्चर्यमा पर्नेगरी टोलीको छनोट हुनसक्ने बताएका छन् । अन्तिम खेलाडीहरुको नाम आगामी जुन ४ मा सार्वजनिक हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ