काठमाडौं । बेल्जियमले रुस विश्वकप फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । फिफा विश्व वरियताको तेस्रो स्थानमा रहेको बेल्जियमले सोमबार २८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा इंग्लिस प्रिमियर लिग खेल्ने १५ खेलाडी रहेका छन् । प्रशिक्षक रोबर्टो मार्टिनेजले धेरैजसो अनुभवी तथा नियमित खेलाडीहरुलाई समावेश गरेका छन् ।
तर एएस रोमाका राड्जा नाइनगोलान टोलीमा पर्न सकेनन् । मार्टिनेजसंग उनको सम्बन्ध त्यति राम्रो नभएको बताइन्छ । कप्तान तथा चेल्सीका एडेन हाजार्ड सम्मिलित टोलीमा को को परे त ? क्रिष्टियन बेन्टेके र नासिर चाड्ली जस्ता फर्ममा नभएका खेलाडीसमेत अन्तिम २८ मा समेटिएका छन् ।