विश्वकपका लागि स्पेनको टोली घोषणा, को परे को परेनन् ?
प्रकाशित २०७५ जेठ ८ मंगलबार
265
Shares
काठमाडौं । रुस विश्वकपका लागि स्पेनले २३ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ । टोलीमा सोचिएका दुई अनुभवी र नियमित खेलाडी विश्वकपमा समेटिन सकेनन् ।
सन् २०१० को विश्वकप विजेता स्पेनका चर्चित खेलाडीहरु इंगलिस क्लव चेल्सीका सेस फेब्रिगाससंगै एल्भारो मोराटा विश्वकप टिममा पर्न असफल भएका छन् । स्पेनलाई विश्वकप उपाधिको दावेदार पनि हो ।
इंगलिस क्लव आर्सनलका हेक्टर बेल्लेरिन पनि टोलीमा परेनन् । त्यस्तै चेल्सीका मार्को अलोन्सो पनि टोलीमा छैनन् । सिल्भा, सर्जियो बुस्केट्स तथा आन्द्रेस इनिएस्टासम्मिलित मिडफिल्डमा फ्याब्रिग्यासले पनि ठाउँ पाएनन् ।
त्यस्तै २०१६ को युरोमा दोस्रो सर्वाधिक गोलकर्ता मोराटा पनि टोलीमा नपर्नाले समर्थक आश्चर्यचकित परेका छन् ।