arrow

आइपिएल क्रिकेटको प्लेअफ समिकरण पूरा, सन्दीपको अवरोधले मुम्बई बाहिरियो 

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
sandip-delhi.jpg

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएलमा प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा किङस् इलेभेन पञ्जाब चेन्नई सुपर किङससँग ५ विकेटले पराजित भएपछि प्लेअफ समिकरण पूरा भएको हो । 

पुनेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले १९.४ ओभरमा अलआउट हुँदै १५३ रन बनायो । करुण नायरले ५४ तथा मनोज तिवारीले ३५ रन बनाए । पञ्जावलाई सस्तैमा आउट गर्न लुङगी गिदीले ४ विकेट लिए ।

जवाफमा चेन्नेईले १९.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । सुरेश रैनाले ६१ रन बनाए ।

पञ्जावको हारले राजस्थान रोयल्स मैदान बाहिर बसेर नै प्लेअफमा पुग्न सफल भयो । यता, मुम्बई इन्डियन्सले दिल्ली डेयर डेभिल्सलाई हराउन सकेको भए मुम्बई प्लेअफमा पुग्ने थियो । 

मुम्बईको यात्रामा सन्दीप लामिछानेले पुर्णविराम लगाइदिएका हुन् । सन्दीपले मुम्बईको ३ विकेट लिएका थिए । सन्दीपले आइपिएलमा ‘हेप्पी इन्डिङ’ गर्ने क्रममा दिल्लीलाई जिताएनन् मात्र ३ विकेट पनि चड्काएका हुन् ।

अर्को आइपिएलमा उनलाई लिनका लागि टिमहरुबीच प्रतिस्पर्धा हुन सक्ने आशा गर्न सकिन्छ । 

लिगमा १८ अंकसहित सनराइजर्स हैदराबाद पहिलो र चेन्नई दोस्रो भए । पहिलो क्वालिफायर्समा हैदराबाद र चेन्नई खेल्दा इलिमिनेटर खेलमा १६ अंकको कोलकाता नाइट राइडर्स र १४ अंकको राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।

मुम्बई, रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाबको समान १२ अंक हुँदै बाहिरिए । अन्त्यतिर सुधारिएको दिल्ली १० अंकसहित पुछारमा रह्यो । 

पहिलो क्वालिफायर मंगलबार मुम्बईमा हुनेछ । इलिमिनेटर खेल बुधबार कोलकातामा हुनेछ । फाइनल अर्को आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ