arrow

फ्रान्सलाई विश्वकप जित्ने सुनौलो अवसर  

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
france1.jpg

काठमाडौं । अष्ट्रेलियाका प्रशिक्षक बर्ट भान मार्विकले यसपटक फ्रान्सलाई विश्वकप जित्ने सुनौलो अवसर रहेको बताएका छन् । यस पटकको विश्वकपमा सबैभन्दा धेरै अनुभव भएका प्रशिक्षकहरुमध्येका एक मार्विकले एक अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् । 

मार्विक अहिले लगातार चौथोपटक र समग्रमा पाँचौंपटक विश्वकपमा आइपुगेको अष्ट्रेलियाको टोलीलाई नेतृत्व दिइरहेका छन् । आठ वर्षअघि भएको विश्वकपमा उनले आफ्नो मातृभूमि नेदरल्याण्डको टोलीलाई नेत्तृत्व दिएका थिए । नेदरल्याण्ड सो विश्वकपको फाइनलमा पुगेको थियो । 

अन्तर्वार्तामा अष्ट्रेलियाको फ्रान्ससँगको खेलको विषयमा सोधिएको प्रश्नमा फ्रान्सलाई विश्वकप जित्ने मौका रहेको बताएका हुन् । समूह सीमा रहेको फ्रान्सको टोली पछिल्लो समय लयमा पनि रहेको कारण पनि उसलाई यो विश्वकप जित्ने मौका रहेको मार्विकले बताएका हुन् । 

मार्विकले टोलीमा निकै छिटो दौडिने र आफ्नै तरिकाले खेल्ने खेलाडी रहेको बताए । मार्विकले यसपटकको विश्वकपमा फ्रान्सलाई शारीरिक हिसाबमा पनि दुरुस्त खेलाडीहरुको महत्वपूर्ण साथ मिल्ने बताए । कुनै पनि टोलीका लागि फ्रान्सलाई हराउनु चुनौती रहेको उनले बताए । 

मार्विकले आफ्नो समूहचरणको खेलमा पनि फान्ससँगको खेललाई महत्वपूर्ण रुपमा लिँदै अघि बढिरहेको बताए । फ्रान्ससँगको खेलमा सकारात्मक नतिजा निकाल्न सकेको खण्डमा मात्र माथिल्लो चरणमा पुग्ने सकिने बताए । उनले अष्ट्रेलियाका खेलाडीहरुमा आफ्नो अनुभवले केही सकारात्मक ऊर्जा थपेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ