एजेन्सी। लिभरपुलका अग्रपंक्तीका खेलाडी मोहम्मद सलाहले प्रिमियर लिगको 'प्लेयर अप सिजन' उपाधी जितेका छन्।
लिभरपुल र ईजिप्टका खेलाडी सलाहले प्रिमियर लिगको ३७ खेलमा ३१ गोल गरिसकेका छन्। उनले लिभरपुलको अन्तिम खेलमा गोल गरेमा एक सत्रमा धेरै गोल गर्ने खेलाडीको नायँ रेकर्ड पनि बनाउँने छन्।
प्रिमियर लिगमा ३१ गोलको रेकर्ड एलेन सियरर, क्रिष्टियानो रोनाल्डो र लुईस स्वारेजको नाममा रहेको छ।
सलाहले लिभरपुलकालागि यो सत्रमा ५० खेलमा ४३ गोल गरिसकेका छन्। उनको उत्कृष्ट प्रदर्शनले लिभरपुल यो सत्रको च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरिसकेको छ। लिभरपुलले स्पेनी क्लब रिायल मड्रिड बिरुद्ध फाईनल खेल्ने छ।
सन् २१०४-१६को सत्रमा चेल्सीबाट खेलेका सलाह असफल भएर ईटालियन क्लब रोमा गएका थिए। सन् २०१७मा आफ्नो पहिलो बर्ष लिभरपुलकालागि खेलेका सलाहले लिभरपुलकालगि उच्च स्तरिय प्रदर्शन गर्दै आफ्नो टोलीलाई युरोपको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगको फाईनलमा पुर्याएका छन्।
आइतवर हुेन आफ्नो अन्तिम खेलमा लिभरपुल बिजयी भएमा अर्को सत्रकालागि च्याम्पियन्स लिगकालागि स्थान सुरक्षित गर्ने छ। बिबिसी