arrow

सन्दिपले भने- 'शान्त दिमाग राख्दै आफ्नो धरातल नबिर्सी धेरै समय क्रिकेट खेल्नु छ'

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
sandeep-lamichane.jpg

काठमाडौं। नेपालका स्टार क्रिकेटर सन्दिप लामिछानेले अन्तत: विश?वको चर्चित टि-२० क्रिकेट लिग ईण्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो खेल खेलेका छन्। 

उनले लिगको प्रतिष्ठित टोली रोयल च्यालेन्जर्स बेंगलोर बिरुद्ध आफ्नो पहिलो खेल खेलेका थिए। बेंगलोरमा सिमीत ओभरको क्रिकेटमा विश्वका अव्वल ब्याट्सम्यानद्वय भारतका बिराट कोहली र दक्षिण अफ्रिकाका एबी डिविलियर्स रहेका थिए। 

खेलपछि अष्टरेलियका पुर्व कप्तान माईकल क्लार्कले सन्दिपसँग कुरा गर्दै सोधेका थिए - विश्वका दुई राम्रा ब्याट्सम्यान बिरुद्ध बलिङ गर्दा कस्तो लागेको थियो ? उनको जवाफ थियो- ' दुवै ब्याट्सम्यानले मेरो बललाई राम्ररी हेरेर खेलीरहेका थिए र मैले उनीहरुलाई बलिङ गरिरहँदा रमाईलो मानिरहेको थिए।'

क्लारकसँगको कुरामा उनले भने ' मेरा कोचहरु र यहाँको टिमबाट धेरै कुरा सिकेको छु र प्रमुख कुरा शान्त दिमाग एवं आफनो धरातलमा रहने कुरा मैले बिर्सिन्न किनभने मलाई धेरै क्रिकेट खेल्न छ।' 

'नेपाल र विश्वभरीबाट मलाई शुभकामना हरु आईरहेका छन् र सबैको सहयोगले म राम्रो खेल्दै जानेमा विश्वस्त छु' सन्दिपले भने।  

सन्दिपले दि्लीका लागि सुरुवाती ओभर बलिङ गरका थिए। उनले आफ्नो पहिलो ओभरमा जम्मा २ रन दिएका थिए भने दोस्रो ओभरमा आफ्नो पहिलो विकेटका रुपमा पार्थिव पटेललाई एलबीडब्लु आउट गरेका थिए। 

उनले आफ्नो अधिकांश बलिङ कोहली र डिविलियर्स बिरुद्ध गरेका थिए। कोहलीले उनलाई एक चौका प्रहार गरेका थिए भने डिविलियर्सले एक छक्का प्रहार गरेका थिए। विश्वका आक्रमक र अव्वल ब्याट्सम्यानहरुले बाँकी बलहरु हेरेर बिचार पुर्‍याएर खेलेका थिए। 

सन्दिपले आफ्नो पहिलो खेलमा नै उल्लेख्य प्रदर्शन गरेका छन्। उनले ४ ओभरमा २५ रन खर्चिंदै १ विकेट लिएका थिए। टि-२० क्रिकेटमा ४ ओभरमा २५ रन भनेको अतिनै राम्रो ईकोनोमी मानिन्छ । 

सन्दिपले आफ्नो पहिलो खेल खेल्ने भएपछि नेपालमा सामाजिक संजालहरुमा सन्दिप बाहेक अरु कुनै बिषयको चर्चाले स्थान पाईरहेको थिएन। 

खेल पछि सन्दिपको तारिफ गर्दै डिविलियर्सले भने -' सन्दिपले राम्रो बलिङ गरे, १७ बर्षिय खेलाडीहरुले कहाँबाट यस्तो खेल्छन म छक्क परेको छु'। 

सन्दिपको पहिलो खेलको प्रदर्शनले संभवत: अब बाँकी रहेका दिल्लीका सबै खेलहरु सन्दिपले खेल्ने छन् भन्ने विश्वास गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ