बिवेकशील साझा पार्टीको कार्यालयबाट प्रहरीले ब्यानर च्यातेर लग्यो !
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
196
Shares
काठमाडौं। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला सामाजिक संजालमा नाकाबन्दीलाई लिएर भैरहेको बिरोधमा प्रहरीले हस्तक्षेप गरेको छ।
नाकाबन्दी अपराध थियो भन्ने नाराका साथ सामाजिक संजाल भारतीय प्रमले माफी माग्नु पर्ने आवाज उठाईरहेको थियो। यसैक्रममा बिवेकशील साझा पार्टीले आफ्नो कार्यलयमा राखेको ब्यानर प्रहरीले च्यातेर निकालेको छ।
ब्यानरमा दुइ बर्षा अघिको भारतिय नाकावन्दी प्रती बिरोध जनाउन विवेकशील साझा पार्टीले बखुन्डोल स्थित आफ्नो कार्यालयमा ‘मोदी जि स्वागत छ तर नाकावन्दी बिर्सेका छैनौ’लेखेर राखेको ब्यानर प्रहरीले जबर्जस्ती निकालेर लगेको बिवेकशील साझा पार्टीले जनाएको छ।