कुम्मायक–कुसायक गोल्डकपको सेमिफाइनलमा सुन्धरा क्लव प्रवेश
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख २२ शनिबार
350
Shares
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा बैशाख २० गतेदेखि सुरु भएको अन्तराष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा सुन्धरा क्लव काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार भएको क्वाटरफाइनल खेलमा कर्णसिँङ सोनाम मेमोरियल फुटवल क्लव ताप्लेजुङलाई ४–२ गोल अन्तरले पराजित गर्दै सुन्धरा क्लव काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौँको जितमा विशाल राईले खेलको १० औँ मिनेटमा, खामिर गिल्सन कन्दङवाले २६ औँ मिनेटमा त्यस्तै कर्ण लिम्वूले ३३ औँ मिनेटमा र ६४ औँ मिनेटमा पुजन उपरकोटिले गोल गरे ।
ताप्लेजुङका लागि ३७ औँ मिनेटमा दिपक लिम्वू र ७६ औँ मिनेटमा क्रिस राईले गोल गरे । खेलको म्यान अफ द म्याच सुन्धरा क्लव काठमाडौँका निसान्त खड्का घोषित हुदैं नगद ५ हजार प्राप्त गरे । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ३ लाख ११ हजार एक सय ११ रुपैँया प्राप्त गर्नेछ । ऐतिहासिक त्रिसाली मेलाको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल बैशाख २६ गते हुनेछ ।