च्याम्पियन्स लिग: के लिभरपुलले बार्सिलोनाको गल्ति दोहोर्याउला ?
प्रकाशित २०७५ वैशाख १९ बुधबार
366
Shares
एजेन्सी। च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमीफाईनल खेलको दोस्रो लेगमा ईटालियन क्लब एएस रोमा र ईङलिश क्लब लिभरपुल भिड्दैछन्। पहिलो लेगमा लिभरपुलले रोमालाई ५-२ले पराजित गरेको छ।
च्याम्पियन्स लिग फुटबलमा ५-२को नतिजा उल्टिएको ईतिहास रहेको छैन। तर रोमाले क्वार्टरफाईनल खेलमा स्पेनी क्लब बार्सीलोनालाई पहिलो लेगमा ४-१को अग्रतालाई दोस्रो लेगमा ३-०को बिजय प्राप्त गर्दै सेमीफाईनल पुगेको हो ।
लिभरपुलसँगको दोस्रो लेगमा पनि रोमालाई ३-०को बिय आवश्यक रहेको छ । रोमाले लिभरपुललाई ३-०ले पराजित गरेमा रोमा रियाल मड्रिडसँग फाईनल खेल्ने छ।
लिभरपुलका म्यानेजर जर्गेन क्लोपको स्पष्ट भनाई छ- 'जित्नकालागि खेल्दा हार्न पनि तयार रहनु पर्छ । हामीले जित्यौं भने हाम्रो राम्रो दिन रहेको बुझिन्छ भने उनीहरुले जिते भने उनीहरु त्यो जीतको हकदार हुनेछन्। खेल।न डराउनु हुन्न' ।
क्लोपको यो भनाईले पनि लिभरपुलले आक्रमक फुटबल खेल्ने निश्चित रहेको छ। रोमाको घरेलु मैदानमा हुने खेलमा रोमा पनि आक्रमक फुटबले खेल्ने निश्चित रहेको छ।
लिभरपुल आफ्ना केही खेलाडी बिना मैदानमा ओर्लने छ । ओक्सलेड च्याम्बरलिन, एडम ललाना, एम्रे चान र जोएल माटिप बिना लिभरपुल मैदानमा ओर्लने छ।
यी खेलाडीहरु बिना लिभरपुललाई गाह्रो पर्ने निश्चित रहेको छ। यसैक्रममा लिभरपुलका साहायक मब्यवस्थापक जल्को बुभाच पनि टोलीसँग रहने छैनन्। बुभाचले आफ्नो ब्यक्तिगत कारण भन्दै बाँकी सत्र टिममा रहने छैनन्।
रोमा भने आफ्ना डिएगो पेरोटी र केविन स्ट्रोटम्यान बिना मैदानमा ओर्लने छ।
रोामका ब्यवस्थापक डि फ्रान्सेस्कोले भने ' म बार्सासँगको दोस्रो लेगको खेल कपी-पेष्ट गर्न चाहान्छु'। बार्सिलोनाले पहिलो लेगको ४-१को अग्रतालाई सजिलै लिंदै दोस्रो लेगमा आख्रमक भन्दा पनि रक्षात्मक खेल खेल्दा रोमाले ३ गोल गर्न सकेको थियो।
लिभरपुल आफ्ना अग्रपंक्तिका खेलाडीहरु मोहोम्म सलाह, रोबर्टो फरमिनो र सादियो मानेको खेलमा भढि निर्भर हुनेछ । रोमाकालागि आक्रमण बाहेक अर्को बिकल्प छैन भने लिभरपुलले नकरात्मक वा रक्षात्मक फुटबल खेलमा बार्सिलोनालाई जस्तै घात हुने छ।
बार्सिलोनाको हारबाट लिभरपुलले पक्कै पनि शिक्षा लिएको हुनुपर्छ । के लिभरपुलले बार्सिलोनाको गल्ति दोहोर्याउला ?