च्याम्पियन्स लिगमा रियाल मड्रिड विजयी, रोनाल्डोको गोल बिना नै जित
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
232
Shares
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमीफाईनलको पहिलो लेगमा स्पेनी क्लव रियाल मड्रिड विजयी भएको छ । जर्मनी क्लब बायर्न म्युनिखलाई उसकै मैदानमा रियाल २–१ ले विजयी भएको हो ।
जोसुवा किम्चीले २८ औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।
४४ औं मिनेटमा मार्सेलोले बराबरी गरे । मध्यान्तरसम्म खासै राम्रो खेल्न नसेकेको रियाल मड्रिड मध्यान्तरपछि सम्हालिएको थियो । ५७ औं मिनेटमा मार्को असेन्सियोले गोल गर्दै रियाललाई २–१ ले जिताए ।
रियालको जितमा क्रिष्टियानो रोनाल्डोले भने उल्लेखनीय योगदान दिन सकेनन् । उनको गोल बिना नै रियाल विजयी भयो ।
यो जितले भने दोस्रो लेग रियालका लागि अझै सजिलो हुनेछ । रियालले दोस्रो लेग घरेलु मैदानमा खेल्दैछ । तर जुनसुकै बेलामा पनि बायर्न फर्ममा फर्कन सक्छ ।
बायर्नले आफ्नो घरेलु लिग बुन्डेस लिगा पाँच खेल बाँकी हुँदा जितीसकेको छ भने रियाल मड्रिड ला(लिगामा तेस्रो स्थानमा रहेको छ।
१२ पटकको बिजेता रियाल मड्रिड १३ औं बिजयका लागि फाईनल पुग्न चाहान्छ भने पाँच पटकको बिजेता बायर्न पनि छैठौं उपाधिका लागि खेल्न चाहान्छ ।
मड्रिडले सन् २०१४-१६ र १७ गरेर चार बर्षमा तीन उपाधि हात पारेको छ भने बायर्नले सन् २०१३मा अन्तिम पटक उपाधि जितेको थियो।
क्रिष्टियानो रोनाल्डोले पछिल्लो च्याम्पियनस् लिगका ११ खेलमा १७ गोल गरेका छन्। उनले सबै ११ खेलमा कम्तिमा १ गोल गरेका छन्। रोनाल्डोको अ्रको पनि रेकर्ड रहेको छ। उनले बायर्न बिरुद्ध च्याम्पियन्स लिगमा ९ गोल गरिसकेका छन् । उनले सबैभन्दा बढी इउटै बिरोधि बिरुद्ध १० गोल युभेन्टस बिरुद्ध गरेका छन्।
रोनाल्डोले यो सिजन ४२ गोल गरिसकेका छन् भने बायर्नका स्टार खेलाडी रोबट लेवण्डोस्कीले ३९ गोल गरेका छन् । दुवै खेलाडी राम्रो फर्ममा रहेका छन् पहिलो लेग जस्तो भए पनि दोस्रो लेग रोमाञ्चक हुने निश्चित रहेको छ।
रोनाल्डोले सन् २०१७को क्वार्टरफाईनल खेलमा बायर्न बिरुद्ध ५ गोल गरेका थिए। रिायलले बायर्नलाई ६–३ले पराजित गरेको थियो।
उनको प्रदर्शनले बायर्न बिरुद्धको सेमीफाईनलमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ। महत्वपुर्ण खेलहरुमा रोनाल्डोले आफ्नो टोलीलाई निराश पारेको सायदै देखिएको छ।
प्रतियोगितामा सबैभन्दा बढी गोल गर्नेमा रियालका क्रिष्टियानो रोनाल्डो १२० गोल सहित पहिलो स्थानमा रहेका छन भने रियाल कै करिम बेन्जेमा ५३ गोल सहित पाँचौं स्थानमा रहेका छन्।
रियाल र बायर्न यसअघि २४ पटक एक अर्कासँग भिडिसकेका छन्। जस्मा दुवै टोलीले ११–११ खेल जितेका छन्।