arrow

उद्घाटन खेलमा आयोजक माइभ्याली विजयी

logo
प्रकाशित २०७५ वैशाख ६ बिहिबार
football-new.jpg

इलाम ।  ठूलो टुंडिखेलमा बिहिवारदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण  माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ ।

माइभ्यालीले कास्की–११ लाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत गरेको छ । खेल शुरु भएको १९ औँ मिनेटमा माइभ्यालीका मनीष थापाले प्रतियोगिताकै पहिलो गोल गरेका थिए । पेनाल्टीमा माइभ्यालीका कप्तान सुवास राईले ५७ औँ मिनेटमा गोल थप्दै आफ्नो गोललाई २–० अग्रता दिएका थिए । मध्यान्तरपछिको खेलमा माइभ्यालीकै थापाले ६४ औँ मिनेटमा पुनः गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित पारे ।

माइभ्यालीको दवावमा रहेको कास्कीका तर्फबाट ७९ औँ मिनेटमा उत्तम गुरूङ तथा ९१ औँ मिनेटमा रञ्जित गुरूङले एक एक गोल गरे पनि टोलीको जीत जोगाउन सकेनन् ।

यही वैशाख १७ गते सम्पन्न हुने प्रतियोगिताको प्रदेश नं १ का प्रदेशसभा सदस्य राम रानाले उद्घाटन गरे । शुक्रबारको खेल सशस्त्र प्रहरीको एपिएफ र काबराम प्रगति संघ बंगलादेशबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी, संकटा क्लब काठमाडौं, सिक्किम युनाइडेट, त्रिभुवन आर्मी क्लब, काबराम प्रगति संघ, एपिएफ, रमपम झापा–११, दुर्गापुरस्टिल भारत, नेपाल पुलिस क्लब र थ्रिस्टार क्लब गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले  तीन लाख प्राप्त गर्ने माइभ्यालीका अध्यक्ष धीरेन चेम्जोङले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ