प्रधानमन्त्री ओलीको भाषण संग्रह चीनमा ज्ञवालीद्धारा विमोचित
अजय अलौकिक
प्रकाशित २०७५ वैशाख ४ मंगलबार
592
Shares
पेचिङ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणमा चीन भ्रमणमा आएका नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको स्वागतमा पेचिङस्थित नेपाली दूतावासले मङ्गलबार साँझ रात्रिभोजको आयोजना गरेको छ।
उक्त कार्यक्रमको अवसरमा मन्तव्य पनि राखेका परराष्ट्रमन्त्री ज्ञवालीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीज ग्रेट स्पीच’ पुस्तकको लोकार्पण पनि गरेका छन्।
यसअघि परराष्ट्रमन्त्री ज्ञवालीलाई स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले चीन नेपालबीचको सम्बन्धको चर्चा गरेका थिए।
रात्रिभोजमा नेपालका लागि पूर्व चिनियाँ राजदूत,चिनियाँ सरकारी अधिकारी, बुद्धिजीवी तथा पेचिङमा बसोबास गर्ने नेपालीहरुको उपस्थिति थियो।
मंगलबार बिहान पेचिङ आइपुगेका ज्ञवालीले दिउँसो नेपाली कलाकार अरनिकोले निर्माण गरेको श्वेत चैत्यको अवलोकन गरेका थिए।
बुधबार बिहान ज्ञवाली र चीनका उपराष्ट्राध्यक्ष वाङ छिसानसँग भेट गर्ने कार्यक्रम रहेको छ।