arrow

लिग लिडर म्यान्चेस्टर सिटी र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै आउट

logo
प्रकाशित २०७४ चैत २८ बुधबार

काठमाडौं । लिग लिडर म्यान्चेस्टर सिटी र बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै आउट भएका छन् । इंगलिस प्रिमियर लिग लिडर सिटी लिग प्रतिद्धन्द्धी लिभरपुलसंग र स्पेनिस लिग लिडर बार्सिलोना इटालियन क्लव एएस रोमासंग पराजित भएको हो । 

सिटीले पहिलो लेगमा ३–० हार बेहोरेको थियो भने घरेलु मैदानमा दोस्रो लेगमा मंगलबार राति २–१ को हार बेहोर्न वाध्य भयो । निकै खराव प्रदर्शन गरेको सिटीका लागि दोस्रो मिनेटमै गाब्रियल जिससले गोल गरेका थिए । 

तर त्यो गोलको इज्जत राख्न भने सकेन । ५६ मिनेटमा मोहम्मद सालेह र ७७ मिनेटमा रोबर्टो फर्मिनोले गोल गर्दै लिभरपुललाई जिताए । 

एग्रिगेशनमा लिभरपुल ५–१ ले विजयी भयो । यो सिटीको च्याम्पियन्स लिगको खराव हार हो । 

त्यसैगरी एएस रोमाले कीर्तिमानी सफलता हासिल गर्दै सेमिफाइनलमा ठाउँ बनाएको हो । पहिले लेगमा बार्सिलोनासंग ४–१ को हार बेहोर्दासमेत दोस्रो लेगमा ३–० को जितसहित अवे गोलका आधारमा ४–४ को बराबरी हुँदा रोमाले बाजी मार्यो । 

घरेलु मैदानमा भएको दोस्रो लेगमा रोमाको लागि एडेन जेको, ड्यानिएल डे रोसी र कोन्सान्टिनोस मोनालेसले गोल गरे । 

च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ३ गोलले पछि परेर पनि दोस्रो लेगमा कमब्याक गर्ने रोमा तेस्रो टिम बनेको छ ।

गत सिजन बार्सिलोनाले पिएसजीसँग पहिलो लेग ४–० ले हारेर पनि दोस्रो लेगमा कमब्याक गर्दै ६–१ को जितसहित अर्को चरणमा ठाउँ बनाएको थियो । 

यस्तै सन् २००४ मा डेपोर्टिभोले पहिलो लेगमा एसी मिलानसँग ४–१ ले पराजय बेहोरे पनि दोस्रो लेग ४–० ले जितेर अर्को चरणमा ठाउँ बनाएको थियो ।

दुई दावेदारहरु बार्सिलोना र म्यान्चेस्टर सिटी बाहिरिएपछि भने च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण फितलो बनेको छ । 

Roberto Firmino slides home to put Liverpool ahead on the night and leaving Manchester City needing five goals

 

Roberto Firmino and his Liverpool team-mates celebrate in front of the away fans as they secure a semi-final berth

Mohamed Salah picks up a loose ball to score after a marauding run from Sadio Mane into the Manchester City boxThe Liverpool players make their way back towards the half-way line as the away fans behind them celebrate Salah's goal 

 

Liverpool boss Jurgen Klopp punches the air in celebration after Mohamed Salah's crucial goal in the 56th minute of the game

The Manchester City players look dejected after failing to take advantage of their first-half superiority on the night

Gabriel Jesus finds the bottom corner in just the second minute of Tuesday night's second leg against Liverpool

Roma pulled off a sensational comeback in their Champions League quarter-final tie against Barcelona on Tuesday evening

Konstantinos Manolas (centre) scored in the 82nd minute to put Roma 3-0 ahead on the night and in front on away goals

Lionel Messi, wearing the captain's armband, bowed his head and looked dejected after Barcelona blew a huge advantage

Edin Dzeko (left) had earlier kick-started Roma's comeback by stretching to score the game's opening goal after six minutes

Barca led 4-1 from the first leg but did not rest either of their star strikers as Luis Suarez (top) and Lionel Messi both startedRoma took the lead on the night after six minutes as Dzeko scored his third goal in three appearances against Barcelona



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ