बुढानिलकण्ठ नगरपालिकाका अधिकृत लिला र इन्जिनियर विजेन्द्र ५ लाख घुस सहित पक्राउ
प्रकाशित २०७४ चैत २६ सोमबार
957
Shares
काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठ ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय नजिकै सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार राति करिब ८ बजे रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीबाट बुझेको घुस वापतको रकम रु ५ लाख इन्जिनियर विजेन्द्र श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारीलाई बुझाउँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।
बुढानिलकण्ठ नगरपालिकामा मेयर र उपमेयर सहित अधिकाशं पदमा नेकपा एमालेका तर्फबाट निर्वाचित छन्।