काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चेल्सी शिर्ष चार भित्र पर्ने सम्भावना करिब सकिएको छ । आइतबार रातिको खेलमा वेस्टह्याम युनाइटेडसँग १–१ गोलको बराबरी खेलेपछि चेल्सीको शिर्ष चारको सम्भावना करिब सकिएको हो ।
चेल्सीका लागि अच्पिलिक्वेटाले ३६ औं मिनेटमा गोल गरेका थिए भने ७३ औं मिनेटमा हेभियर हर्नान्डेजले बराबरी गोल गरेका थिए ।
घरेलु मैदानमा खेलेको यो बराबरीले चेल्सी झनै कमजोर बनेको छ ।
३२ खेल सकिँदा चेल्सी चौथो स्थानको टोटनह्यामभन्दा १० अंकले पछि परेको छ ।
यता, आर्सनलले साउथ ह्याम्पटनलाई ३–२ गोलले पराजित गरे पनि शिर्ष चारको सम्भावनाबाट पहिले नै टाढिएको थियो ।
३२ खेलबाट ८४ अंकको म्यान्चेस्टर सिटी उपाधि नजिक छ । ७१ अंकको म्यान्चेस्टर युनाइटेड दोस्रो, ६७ अंकका लिभरपुल र टोटनह्याम तेस्रो र चौथो स्थानमा छन् ।
सिटीको एक जित वा युनाइटेडको एक हारले सिटीले उपाधि सुनिश्चित गर्नेछ ।