धर्मगुरुमाथि गोली प्रहारको हिन्दू युवा जनशक्ति संघको भत्सर्ना
प्रकाशित २०७४ चैत २५ आइतबार
230
Shares
काठमाडौं । युवा सन्त एवम् गौरक्षक श्री निवासाचार्यमाथि विराटनगर रानीस्थित रामजानकी मन्दिरमा गए राती २ बजेतिर अज्ञात समूहले गोली प्रहार गरको घटनाप्रति विभिन्न धार्मिक तथा सामाजिक सङ्घ–संस्थाहरूले दुःख प्रकट गर्दै भत्र्सना गरेका छन् । आचर्यको हत्या प्रयास गरिएको प्रति हिन्दू युवा जनशक्ति संघ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अध्यक्ष विकासकुमार ठाकुरले एक प्रेस विज्ञप्ति जारी गरी घटनाको घोर निन्दा एवम भत्र्सना गरेका छन् । उक्त घटनामा संलग्न अपराधीलाई खोजी गरी तत्काल कारवाहीको दायरामा ल्याउन सङ्घले जोड्दार माग गरेको अध्यक्ष ठाकुरले जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हिन्दूवादी सन्तमाथि भएको यस घटनाले सम्पूर्ण सनातन धर्मावलम्बीलाई दुःखी बनाएको छ । यस किसिमको घटनाले नेपाल सरकारको सुरक्षा व्यवस्था माथि प्रश्नचिह्न समेत खडा गरेको छ । अपराधी तत्वद्वारा घटाइको यस घटनाप्रति गम्भीर बन्दै हिन्दू समाजमा बढ्दो त्रासको अन्त्य गरेर शान्ति सुरक्षाको वातावरण सिर्जना गर्नको लागि संघ नेपाल सरकार समक्ष आग्रह गर्दछ ।’
सङ्घले अपराधीलाई छिटोभन्दा छिटो कारवाहीको दायरामा नल्याइए यसले विकराल रुप लिने निश्चित रहेको उल्लेख गर्दै सरकार गम्भीर हुनु जरुरी रहेको जनाएको छ । साथै सनातन हिन्दू धर्मलाई समाप्त पार्ने मनसायले हिन्दूविरोधी तत्वहरु सक्रिय भई समय–समयमा हिन्दूवादीहरूलाई खला रूपमै धम्की दिँदै आएको उल्लेख गर्दै हिन्दूविरोधी तत्वलाई निरुत्साहित गर्नका लागि हिन्दू समाजलाई संगठित भई अगाडी बढ्न संघले आग्रह गरेको छ । साथै, गम्भीर घाइते भई उपचार गराइरहेका श्री निवासाचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।