काठमाडौं । आईपीएल क्रिकेटको नयाँ सिजन सुरु भएको छ । दुई वर्षको प्रतिवन्धपछि फर्केको चेन्नई सुपर किङ्सले रोमाञ्चक जित निकालेको छ ।
चेन्नईले मुम्बई इन्डियन्सलाई १ विकेटले हरायो । हार नजिक पुगेको चेन्नईलाई दयाने ब्राभोले विष्फोटक ब्याटिङ गर्दै जिताएका हुन् ।
मुम्बर्इको वाङखडे स्टेडियममा १ सय ६६ रनको लक्ष्य पाएको चेन्नईले १ बल खेल्न बाँकी छँदै ९ विकेटको नोक्सानीमा जित हात पार्यो । ब्राभोले ३० बलमा ७ छक्का र ३ चौकासहित ६८ रन बनाए । केदार जाधवले नटआउट २४ रन बनाए ।
मुम्बइका हार्दिक पाण्ड्या र मायाङ्क मार्कण्ड्यले ३ – ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बर्इले ४ विकेटको नोक्सानीमा १६५ रन बनायो । सुर्यकुमार यादवले ४३, क्रुनल पाण्ड्याले २२ बलमा नटआउट ४१ र इसान किसानले ४० रन बनाएका थिए ।
लामो समय मुम्बईबाट खेलेका हर्भजन सिंह यसपटक चेन्नईबाट खेलेका छन् । उनले विकेट भने लिएनन् ।
आईपीएलमा आइतबार दुई खेल हुँदैछन् ।
४ः१५ बजे दिल्ली डेयरडेभिल्स र किङ्स एलाभेन पञ्जाव तथा ८ः१५ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल हुनेछ ।