अहिले सम्मकै ठूलो ओपन इन्टरनेशलन ग्रान्डमाष्टर चेस प्रतियोगित हुने
प्रकाशित २०७४ चैत २२ बिहिबार
554
Shares
काठमाडौं । यही चैत्र २९ गते देखि बैशाख ४ गतेसम्म "काठमाडौं ओपन इन्टरनेशलन ग्रान्डमाष्टर चेस प्रतियोगित" हुने निश्चित भएको छ । प्रतियोगितामा देश विदेशका गरि १८० जना खेलाडीहरुले भाग लिने आयोजक होमल्याड स्पोर्स क्लवका अध्यक्ष प्रकाश अधिकारीले बिहिवार पत्रकार सम्मेलनमा जानकारी दिए ।
केएनपी जापान मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्रायोजन सम्झौता ३ वर्षका लागि भएको प्रतियोगितामा १२ जना ग्राष्डमाष्टर, १४ जना इन्टरनेशनल मास्टर सहभागि हुने निश्चित भएको नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष बिदुर गौतमले जानकारी दिए ।
बिहिवार होमल्याण्ड स्पोर्टस क्लबका अध्यक्ष प्रकाश अधिकारी र मुख्य प्रायोजकका तर्फबाट केएनपी जापानका कन्ट्री हेड मनोज कुमार मिश्रले पत्रकार सम्मेलनमा सम्झौतापत्रमा हस्ताक्षर गरे। फिडेको स्विस लिग अनुसार ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा अमेरिका, अष्ट्रेलिया, स्पेन, रसिया, ईजरायल, अजरवैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, बंगलादेश, मलेसिया, भियतनाम र केन्या गरी १ सय जना तथा नेपालका ८० गरी जम्मा १ सय ८० खेलाडीको सहभागिता रहने छ ।
खर्चको हिसाव तथा खेलाडीहरुको सहभागिताको हिसावले सो प्रतियोगिता बुद्धिचालको इतिहासमा नै सबैभन्दा ठुलो प्रतियोगिता हुने आयोजनकले बताएका छन् । स्विस लिग अनुसार ९ चरणसम्म चल्ने प्रतियोगितामा १२ जना ग्रान्डमास्टर, १४ जना ईन्टरनेशनलमास्टर, १० जना फिडेमास्टर, १० जना क्यान्डिडेटमास्टरको सहभागिता टुंगो लागिसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका वर्तमान तथा पूर्व राष्ट्रिय च्यापियनहरु एवं ओलम्पियाड खेलाडी लगायत प्रायः सबै शीर्ष खेलाडीको मात्र सहभागिता रहने जनाइएको छ ।
चेस खेलाडीलाई ईन्टरनेशनलमास्टर तथा ग्रान्डमास्टर बन्न आवश्यक पर्ने नर्म सर्टिफिकेट प्राप्तिका लागि प्राविधिक हिसाबले यस प्रतियोगितालाई विश्व चेस जगतले नै महत्वपूर्ण रुपमा लिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल पुरस्कार राशी १० लाख रहेको छ ।
प्रतियोगिता नेपाल, भारत, बंगलादेश र श्रीलंकाका अन्तराष्ट्रिय आर्विटर(निणार्यक) ले सञ्चालन गर्नेछन् । प्रतियोगिता बुढानिलकण्ठ स्थित पार्क भिलेज होटलमा हुनेछ ।