arrow

रोनाल्डोको अविश्मरणीय गोल, जित्यो रियाल मड्रिडले

logo
प्रकाशित २०७४ चैत २१ बुधबार
ronaldo14.jpg

काठमाडौं । पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिग फुटबलमा अविश्मरणीय गोल गरेका छन् । उनको यही गोलले नै स्पेनिस क्लब रियाल मड्रिडले क्वार्टरफाइनलमा इटालियन क्लव युभेन्टसमाथि ३–० को सहज जित निकाल्यो । 

 पहिलो लेगको अवे खेलमा रियाल मड्रिडका लागि रोनाल्डोले तेस्रो मिनेटमै गोल गरे । ६४ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर बनाए । 

६६ औं मिनेटमा पाउलो याबालाले दोहोरो पहेंलो कार्ड खाएपछि युभेन्टस १० जना खेलाडीमा सिमित भयो । 

७२ औं मिनेटमा डिफेन्डर मार्सेलोले गोल गरे । 

यो जितले रियाल सेमिफाइनल नजिक पुगेको छ । दोस्रो लेगको खेल ११ अप्रिलमा रियालको घरेलु मैदानमा हुनेछ ।

च्याम्पियन लिगकै मंगलबार रातिको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब सेभियालाई २–१ ले पराजित गर्यो । 

सेभियाको मैदानमा भएको खेलमा ३१ औं मिनेटमा पाब्लो साराबियाले गोल गरेर घरेलु टिमलाई अग्रता दिलाए पनि ३७ औं मिनेटमा जिसस नाभासले आत्मघाती गोल गरेपछि सेभिया बराबरीमा आयो । ६८ औं मिनेटमा थिएगो अल्कान्ताराले गोल गर्दै बायर्नलाई जिताए । 

Cristiano Ronaldo all but killed off the quarter-final tie single-handedly with a double in Real Madrid's 3-0 win over Juventus

The Portuguese stunned Juve after just three minutes, stabbing home to give his side a vital away goal at the Allianz Stadium

 

The forward slides on his knees in celebration as Casemiro and captain Sergio Ramos hare after the goalscorer to celebrate

Juventus forward Paulo Dybala was then sent off after two bookings: one for simulation, the other for a high foot

Marcelo then heaped more misery on the Serie A champions, rounding Gianluigi Buffon before tapping home for 3-0The hosts look dejected on a night where they were thoroughly outclassed and outplayed by their Spanish counterparts



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ