arrow

दिल्लीबाट सन्दीप लामिछानेले सम्झे सबैलाई 

logo
प्रकाशित २०७४ चैत १५ बिहिबार
sandeep-lamichhene.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट खेल्न भारत गएका नेपाली स्टार सन्दीप लामिछानेले नयाँ दिल्लीबाट सबैलाई सम्झेका छन् । 

 दिल्ली डेयर डेभिल्सबाट खेल्न मंगलबार काठमाडौंबाट दिल्ली गएका सन्दीपले ट्वीटरमा बिहिबार बिहान आफ्नो तस्वीर पोष्ट गर्दै सबैलाई सम्झेका छन् । 

बिहानी अभिभादन गर्दै उनले लेखेका छन्, ‘गुड मर्निङ एभ्रिवन फ्रम हर्ट अफ इन्डिया दिल्ली ।’

अप्रिल ७ देखि सुरु हुने आईपीएलका लागि सन्दीपले बुधबारदेखि नै अभ्यास थालेका छन् । उनी बुधबार फोटोसुटमा ब्यस्त भए । 

उनी दिल्लीको बारखम्बास्थित दि ललित होटलमा बसेका छन् । दिल्ली कप्तान गौतम गाम्भीर पनि उत्साही छन् गम्भीरको खेललाई लिएर । 

दिल्लीले आईपीएलको यो सिजनको दोस्रो खेल खेल्नेछ । अर्थात् अप्रिल ८ मा दिल्ली र किङ्स इलाभेन पञ्जाबसंग खेल्दैछ । 

पहिलो खेलमै सन्दीप प्लेइङ ११ मा पर्छन् कि पर्दैनन् भन्नेमा आशंका छ । तर उनले विश्वका दिग्गज क्रिकेटरहरुसंग संगत भने गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ