arrow

डिपिएल क्रिकेटमा गोल्डस्टारको सुनको जुत्ता पुरस्कार

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
DPL_GOldstar.jpg

काठमाडौं। धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितासँग नेपालको सार्वाधीक रुचाईएको जुत्ता ब्रान्ड गोल्डस्टार जोडिन आईपुगेको छ। आगामी चैत्र १७ गतेदेखि धनगढीमा हुने डिपिएल क्रिकेटमा गोल्डस्टारले 'मस्ट भ्यालुएबल प्लेयर'लाई सुनको जुत्ता दिने घोषणा गरेको छ। 

नेपालको प्रमुख ब्रान्ड बन्न तर्फ उन्मुख गोलड्स्टार जुत्ता सिपिएल क्रिकेटको 'फुटवेयर पार्टनरका रुपमा रहनेछ। गोल्डस्टारले प्रायोजकको रुपमा कुल १६ लाख रुपियाको प्रायोजन गर्नेछ। डिइिएल क्रिकेटमा 'मस्ट भ्यालुएबल प्लेयर' लाई पहिलो पटक 'गोल्डेन शु'ले सम्मान गरिने आयोजकले बताए।

डीपीएलका अध्यक्ष सुवास शाही र किरण शुका निर्देशक विदुषी राणाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै  किरण शुले डीपीएललाई ९ लाख नगदसहित १६ लाख बराबरको सहयोग गर्नेछन् । जसस्वरूप किरण शुले भ्यालुएबल प्लेयरले प्राप्त गर्ने ‘गोल्डेन शु’ उपलब्ध गराउने छ ।

गोल्डेन शुको आइतबार नै प्रदर्शन गरिएको थियो । गोल्डेन शुको बाहिरी भाग पूरै सुन र भित्री भाग चाँदी रहेको आयोजकले जनाएको छ । डीपीएल क्रिकेटलाई गत वर्ष पनि गोल्ड स्टार जुत्ताले प्रयोजन गरेको थियो  ।

डीपीएल क्रिकेटको दोस्रो संस्करण चैत १७ गतेबाट सुरु हुँदैछ । यो संस्करणमा विराटनगर किङ्गस, काठमाडौं गोल्डेन्स, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले सहभागिता जनाएका छन् ।धनगढीस्थित अञ्चल प्रहरी मैदानमा हुने उद्घाटन खेलमा टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ