arrow

प्रमोद खरेल डीपीएल क्रिकेटको गुडविल एम्बास्डर 

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
pramod_kharel.jpg

काठमाडौं । गायक प्रमोद खरेल चैत १७ गतेदेखि धनगढीमा हुने रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको दोस्रो संस्करणको ‘गुडविल एम्बास्डर’ भएका छन् । 

धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा हुने प्रतियोगिताका लागि नेपाली संगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेल जोडिएको डीसीएलका अध्यक्ष सुवास शाहीले बताए । 

नेपाली क्रिकेटमा विशेष रुचीमा राख्ने गायक खरेलको प्रतियोगिता उद्घाटन समारोहमा पनि विशेष प्रस्तुती रहनेछ ।

डीपीएलको पहिलो संस्करणको शीर्ष गीतमा पनि उनले स्वर दिएका थिए ।  

चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् । 

सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन् । 

यस्तै तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइने यसअघि नै घोषणा भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ