विश्वका यी भेट्रान देशबीच हुँदैछ मैत्रिपूर्ण फुटबल
प्रकाशित २०७४ चैत ९ शुक्रबार
224
Shares
काठमाडौं । तीन महिनापछि रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप धमाधम गर्दा धमाधम मैत्रिपूर्ण खेलहरु भइरहेका छन् ।
शुक्रबार राति दुई दर्जन खेल हुँदैछन् । ६ः०५ बजे जापानले मालीसंग, २१ः४५ बजे रुसले ब्राजिलसंग, २३ः४५ बजे ग्रीसले स्वीजरल्याण्ड तथा हंगेरीले काजखस्तानसंग खेल्नेछ ।
मध्यरातमा इरान र ट्युनिसिया भिड्दै छन् ।
१ः३० बजे इटाली र अर्जेन्टिना, जर्मनी र स्पेन, इंगल्याण्ड र नेदरल्याण्डबीच भिडन्त हुँदैछ । त्यसैगरी पोल्याण्ड र नाइजेरिया, पोर्चुगल र इजिप्ट तथा फान्स र कोलम्बिया पनि भिड्दै छन् ।