नीति राम्रो नहुदाँ भ्रष्टाचार बढ्यो, गुणस्तर कमजोरीले प्रतिफलमा शुन्यता
प्रकाशित २०७४ फागुन २९ मंगलबार
1k
Shares
स्याङ्जा । युवाहरुलाई नेपालमै जागरण अभियानको रुपमा रुपान्तरित गर्नुपर्ने नारा सहित युवा जागरण अभियानको सन्देश लिएर स्याङ्जा आएको छ । टोलीले स्याङ्जाको वालिङमा पत्रकार सम्मेलन गरी युवा जागरण अभियानको अवधारणा प्रस्तुत गरेको थियो ।
भ्रष्टाचारको बेथीतिलाई रोक्ने पहिलो अभियानका रुपमा अगाडी बढेको जागरण अभियानका संयोजक चिन्तन पौडेलले बताए । नीति राम्रो नहुँदा युवाहरु राजनीति तर्फ आकर्षण घट्दै जान थालेको पौडेलको कथन थियो । राजनीतिक नेतृत्वको कमजोरीका कारण पछिल्लो समय युवाहरु राजनीति तर्फ भन्दा पनि परिवर्तन तर्फ लाग्न थालेको छ पत्रकार सम्मेलनमा पौडेलले भने,“शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता जनताका आधारभुत आवश्यकतामा गुणस्तरीय भएन ।” राजनीतिमा सुधार नआए सम्म मुलुकको सुधार नहुने पौडेलको जिकिर रहेको छ ।
देशभर यो अभियानलाई पुर्याउने लक्ष्यका साथ अगाडी बढेको युवा जागरण अभियानले युवाहरुलाई शसक्तीकरणमा रुपान्तरीत गर्दै भ्रष्टाचार मुक्त नेपाल बनाउन पहिलो चाहाना रहेको पौडेलले बताए । सरकारले लगानी गरेर पनि प्रतिफलमा शुन्यता प्राप्त गरेकाले धेरै युवाहरु बिदेशिन बाध्य भएको उदाहरण प्रस्तुत गर्दै पौडेलले गुणस्तरीय शिक्षा, स्वास्थ्य आजको आवश्यकता रहेको बताए । युवाहरुमा राजनीति चेतना नभए सम्म मुलुकले बेरोजगारको अवस्था भोगिरहने भएकाले सबै युवाहरुलाई राजनीतिक चेतना फैलाउन राजनीतिक नेतृत्व सच्चिनु पर्ने जिकिर गरे ।
युवा जागरण अभियानको पत्रकार सम्मेलनमा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले राजनीतिक प्रश्रयले नै भष्ट्रचार मौलाउदै गएको प्रति चिन्ता व्यक्त गरे । विकास एउटा चेतना हो नगर प्रमुख खाँणले भने,“व्याक्तिमा चेतना र ज्ञानको आवश्यकता खट्किएको छ ।” गरिवीलाई हटाउन पनि चेतनाको कमी भएको खाँणको भनाई थियो । युवा जागरण अभियानले अगाडी सारेको कार्यक्रमलाई पूर्ण प्रशंसा गदैृ वालिङ नगरपालिकाले पनि गाँउ, टोल, युवा लगायतका जागरण अभियान अगाडी सार्न लागेको खाँणले बताए ।
शैक्षिक गुणस्तर नबढाए सम्म चेतना र ज्ञानको अभावले समाज बेला बेलामा रुपान्तरीत हुन जाने प्रति खाँणले संकेत गरे । नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलन नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले संचालन गरेका थिए ।