नेपालको विश्वकप यात्रा कठिन, अफगानिस्तानसंग ६ विकेटले पराजित
प्रकाशित २०७४ फागुन २६ शनिबार
657
Shares
काठमाडौं । नेपालको विश्वकप एक दिवसीय क्रिकेट खेल्ने सपनामा लगभग पूर्णविराम लाग्ने देखिएको छ ।
जिम्बावेमा जारी विश्वकप छनोटमा लगातार तेस्रो हार बेहोरेसंगै नेपालको विश्वकप खेल्ने सपना कठिन बनेको हो ।
तेस्रो खेलमा नेपाल शनिबार प्रतिद्धन्द्धी अफगानिस्तानसंग ६ विकेटले पराजित भयो ।
बुलावायोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १९४ रन बनायो । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीच ९२ रनको साझेदारी भयो । पारसले ८२ बलमा ७५ तथा ज्ञानेन्द्रले ६९ बलमा २३ रन बनाए ।
दीपेन्द्र सिंह ऐरीले ४१ बलमा ३२ तथा आरिफ शेखले ३६ बलमा २३ रन बनाए । त्यस बाहेक अरु खेलाडीको ब्याटिङ चलेन ।