arrow

अनबिटन बार्सिलोना, कीर्तिमान अपराजित यात्राको 

logo
प्रकाशित २०७४ फागुन ६ आइतबार
barcelona6.jpg

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अनबिटन यात्रा कायमै छ । यो यात्राले बार्सिलोना कीर्तिमान नजिक पुगेको छ । 
 
लिगको २४ औं खेलमा बार्सिलोनाले आईबारलाई उसैको मैदानमा २–० ले हरायो । बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेज र योर्डी अल्बाले १–१ गोल गरे ।

आईबारका खेलाडीहरुले लियोनल मेस्सीलाई रोक्ने प्रयास सफल भयो तर सुवारेज र अल्बा भने रोकिएनन् । 

जितसँगै बार्सिलोनाले लगातार ३१ खेलको अपराजित कीर्तिमानलाई बराबरी गरेको छ । अब एक खेलमा अपराजित रहेमा बार्सिलोनाले नयाँ क्लव कीर्तिमान रच्नेछ । 

ला लिगाअन्तर्गतका शनिबार रातिका अन्य खेलमा भ्यालेन्सिया, सेभिया र अलाभेज विजयी भएका छन् ।

भ्यालेन्सियाले मालागालाई २–१ ले, सेभियाले लस पल्मसलाई २–१ ले र आलाभेजले डेपोर्टिभो लाकोरुनालाई १–० ले हरायो ।

ला लिगाको अंक तालिकामा २४ खेलबाट ६२ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । २३ खेलबाट एथ्लेटिको मड्रिड ५२ अंकसहित दोस्रो स्थानमा रहँदा ४६ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ । 

डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड ४२ अंक सहित चौथो स्थानमा छ ।

Luis Suarez celebrates after breaking the deadlock in the 16th minute with a neat finish to net the game's opening goal

Jordi Alba mimicked Suarez's celebration after he scored Barcelona's second goal three minutes from time to make it 2-0

 

Ernesto Valverde named a strong XI for the clash despite Tuesday's Champions League last-16 game against Chelsea Barcelona manager Valverde is all smiles as he shakes hands with his Eibar counterpart Jose Luis Mendilibar before kick-off 

 

Suarez collected an incisive pass forward from Messi and kept his composure to round Eibar goalkeeper Mark Dmitrovic...

...before slotting home calmly to give Valverde's side a 16th-minute lead over Eibar at the Ipurua Municipal StadiumThe Uruguayan is congratulated by his Barcelona team-mates after firing the league leaders in front on Saturday afternoon

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ