-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिस प्रिमियर क्लव टोटनह्याम हट्सपर एफ ए कप फुटबलको पाँचौं चरणमा पुगेको छ ।
चौथो चरणको खेलमा टोटनह्यामले न्युपोर्ट काउन्टीलाई २–० ले हरायो ।
न्युपोर्टका डान बटलरले २६ मिनेटमा आत्मघाती गोल गरे । ३४ औं मिनेटमा इरिक लामेलाले टोटनह्यामलाई गोल दिलाए र टिमलाई पाँचौं चरणमा पुर्याए ।
लामेलाले ५०४ दिनमा पहिलो गोल गरेका छन् । उनले सन् २०१६ को सेप्टेम्बरदेखि क्लवलाई पहिलो गोल दिलाएका हुन् ।
पाँचौं चरणमा टोटनह्यामको भिडन्त फेबुअरी १८ मा रोचडालसंग हुनेछ ।









